कैलाली उद्योग वाणिज्य संघद्वारा सेनाका सुदूरपश्चिम पृतनापति श्रेष्ठलाई स्वागत

धनगढी:कैलाली उद्योग वाणिज्य संघले नेपाली सेनाका सुदूरपश्चिम पृतनापति गणेश कुमार श्रेष्ठलाई स्वागत गरेको छ । संघले धनगढीमा आइतबार आफनै कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गर्दै पृतनापति श्रेष्ठलाई स्वागत गरेको हो ।

संघका अध्यक्ष पुष्पराज कुँवरले श्रेष्ठलाई स्वागत माला र खादाले स्वागत गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सेना सँग उद्योग वाणिज्य संघ ले विगत देखि नै विभिन्न विपत तथा कल्याणकारी कार्य अन्य पर्यटन प्रवर्द्धन को कार्यमा सहकार्य गर्दै आएको बताए ।

तपाईको प्रतिक्रिया