६ जेठ, धनगढी : कैलाली उद्योग बाणिज्य संघ धनगढीले आगलागीबाट क्षति भएकालाई बिमाबाट क्षतिपूर्ति प्रदान गर्न सहजिकरण गर्ने भएको छ ।
बाणिज्य संघले धनगढी-२मा रहेको पाथिभारा इम्पोरियममा आगलागिबाट भएको ठुलो क्षतिमा बिमाबाट पनि क्षतिपुर्तिकोलागि सहजिकरण गर्ने भएको हो ।
धनगढी उपमहानगरपालिका वडा न-२मा रहेको पाथिभारा इम्पोरियममा आगलागीबाट झन्डै १ करोड बढीको क्षति भएको थियो । पसल सञ्चालक नवराज धिमालले ६० लाख बराबरको बिमा गरेका भएपनि उक्त बिमा बापतको रकम अहिले सम्म उपलब्ध नभएको उनको गुनासो छ ।
“सानिमा जेआसिमा मैले पाथिभारा इम्पोरियमको ६० लाख बराबरको बिमा थियो तर अहिले सम्म उपलब्ध भएको छैन, कैलाली उद्योग बाणिज्य संघले बिमा बापतको रकमकालागि पहल गर्दिराख्नु भाछ, एक चरणको छलफल सकियो अझै काम बाकि छ, ” उनले भने ।
करिब ६ महिना पहिले आगलागी भएको उक्त चुत्ता चप्पल पसलका सञ्चालकलाई संघको तर्फबाट अभिभावकको रुपमा संघले रु ५०००० अक्षेरुपि रु पचास हजार राहत स्वरुप हस्तान्तरण गरेको छ।
साथै संघबाट राहत प्राप्त गर्न बाणिज्य संघमा नबिकरण गरेकाे अनिवार्य हुनुपर्ने छ ।