१४ बैशाख, धनगढी : कैलालीमा करीब ११ लाख बराबरको अवैध सामान बरामद गरिएको छ ।
जिल्लाका विभिन्न स्थानबाट १० लाख ८९ हजार रूपैयाँकाे अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रहरी नायव उपरीक्षक कबिन्द्र बहादुर बाेहराले धनगढी उपमहानगरपालिकासहितका स्थानबाट भन्सारी छलीकाे अवैध सामान बरामद गरिएको जानकारी दिए ।
उनकाअनुसार धनगढी उपमहानगरपालिका- १ काे शिबनगरबाट एक लाख ६८ हजारकाे अवैध लेडिज सुट बरामद गरिएकाे छ भने वडा नम्बर २ काे एभरेष्ट बैंक नजिकैबाट छ लाख ३० हजारकाे लेडिज सुट बरामद गरिएकाे छ ।
यस्तै वडा नम्बर ३ काे विशालनगर रोडमा प्रकाश अग्रवालले सञ्चालन गरेको एपेक्स वर्ल्ड मोवाईल सहायक पसलबाट अन्दाजी दुई लाख ५० हजारकाे बिना बिलका बिभिन्न मोबाईलका पार्टपुर्जाहरु, कैलारी गाउँपालिका- ३ काे मोहनपुर बंडगलको छेउमा १६ हजारका बाेइलर कुखुरा, भजनी नगरपालिका- ८ काे छछरुवास्थित अन्दाजी १० हजार बरामद गरिएको थियाे ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको बाेहराले बताए ।