कैलालीमा साढे ४ लाख बराबरको अवैध सामान बरामद

१२ असार, धनगढी : कैलालीमा साढे चार लाखको अवैध सामाान बरामद गरिएकाे छ।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट चार लाख ६४ हजार ६७० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले धनगढी उपमहानगरपालिकाको वडा एरिया ट्राफिक चौराह, पुरानो भन्सार रोड, वडा नंम्बर १८, भजनीको आमबारी, महादेउली, कैलारी गाउँपालिका र लम्कीचुहा नगरपालिका क्षेत्रबाट अवैध सामान बरामद गरिएको बताए ।

बरामद गरिएका मालसमानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाउने कार्य भईरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया