कैलालीमा विवाहमा कुटपिट गरि युवककाे हत्या, ७ जना पक्राउ

१३ मंसिर,धनगढीः कैलालीमा कुटपिट गरेर एक युवकको हत्या गरिएको छ ।

घोडाघोडी नगरपालिका(२ बस्ने २६ वर्षीय मोहन अधिकारीको लम्कीचुहा जन्ती गएका बेला मंगलबार हत्या गरिएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका अधिकारीलाई टीकापुर अस्पतालले मृत घोषणा गरेको हो।
कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका(९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल, २२ वर्षीय बिशाल भुल, २२ को सन्तोष परिया, २४ को गणेश भुल, १५ को पिन्टु चौधरी ,२२ दिल बहादुर चौधरी र २२ को पुरन सार्की रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया