कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

२७ बैशाख, धनगढी : कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका-१७ पथरीका २७ वर्षीय बिनोद चौधरी २७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्।

यस्तै धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँका २५ वर्षीय उमेश राना र १९ वर्षीय रुस्तम राना ५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्।

तीनैलाई बुधबार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तपाईको प्रतिक्रिया