कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी सहायक हवलदारको मृत्यु


१० बैशाख, धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका ट्राफिक प्रहरी सहायक हवलदारको मृत्यु भएको छ ।
बिहीबार साँझ धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकमा आफैले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा प्रहरी सहायक हवलदार जनक धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहोरीले बिहीबार राति दुर्घटनामा परेर गम्भीर घाइते भएका धामीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्युु भएको बताए । धामीको शनिबार राति मृत्यु भएको हो ।

उनकाअनुसार बिहीबार साँझ करीब ७ बजेको समयमा राजपुरमा सवारीसाधन चेकिङका लागि गइरहेका बेला गाईसँग ठोक्किएर दुर्घटना भएको थियो ।

उनको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया