कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

जिल्लाको कैलारी गाउँपालिका–५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले कैलारी गाउँपालिका–२ बस्ने पैदल यात्री ५५ वर्षीया पार्वती चौधरीको बिहीवार मृत्यु भएको हो। चौधरीलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाईते भएकी थिइन्।

घाइते चौधरीको निसर्ग अस्पताल धनगढीमै उपचार भईरहेका छ। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया