२९ वैशाख, धनगढी : कैलालीमा मच्छर भगाउन बालिएको आगोले आगलागी भएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका–१ का बिर्खबहादुर शाहीको एक तले गोठमा गएराति एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने मानवीय र पशुचौपाया क्षति भएको छैन । आगो स्थानीयको सहयोगमा प्रहरीले राति नै नियन्त्रणमा लिएका छन् ।
शाहीले गाईबस्तुलाई मच्छर नलागुन भनेर धुवा बनाउन गोठमा आागो बालेका थिए सोही आगो आगलागीमा परिणत भएको प्रहरीले जनाएको छ ।