कैलालीमा भरुवा बन्दुकसहित १ जना पक्राउ

१८ साउन, धनगढी  :  कैलालीमा ४ नाल भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन ।

जिल्लाको गौरिगंगा नगरपालिका वडा नम्बर–६ बाट भरुवा बन्दुकसहित १ जना पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय चौमालाको प्रहरी टोलिले विषेश सूचनाको आधारमा ४ नाल भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक भने गरेको छैन् । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया