कैलालीमा बुवाले आफ्नै छोराको गरे हत्या

१६ बैशाख, धनगढी : कैलालीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन् ।

धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४७ वर्षीय महेशकुमार चौधरीले आफ्नै छोरा २१ वर्षीय अर्जुन चौधरीको आज १२ः१५ बजे हत्या गरेका हुन । अर्जुनलाई घर देखि करिब १५० मिटर टाढा जंगलमा ईटाले टाउकोमा हानि हत्या गरेको महेशकुमार आफैले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

छोराको घटना स्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमकोे प्रहरी टोली घटना स्थल पुगेको थियो ।

महेशकुमार चौधरीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पाल कमाण्डको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

घटना भएको स्थान स्थान जिल्ला प्रहरी कार्यालय कैलालीबाट ५ किलोमिटर उत्तरमा पर्छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया