धनगढी, मंसिर १८ । कैलालीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–८ मसुरियामा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको हो।
उनलाई बाटो क्रस गर्ने समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३५२० नम्बरको बसले ठक्कर हिँदा गौरीगंगा नगरपालिका–९ रजियाकी १३ वर्षीया किशोरी हरिना विकको मृत्यु भएको हो ।
बसले उनलाई मंगलबार बिहान ६ः२० बजेको समयमा ठक्कर दिएको थियो। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक घोडाघोडी नगरपालिका–१ का राजेश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।