६ जेठ, धनगढी : कैलालीमा प्रहरीको हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ ।
भन्सार छलीका सामानसहित ३ गते पक्राउ परेका धनगढी गाउँका ३५ वर्षका बुद्धिराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको हो ।
अवैध सामानसहित पक्राउ परेका चौधरीलाई भन्सार कार्यालयको जिम्मा लगाइएको थियो । भन्सार कार्यालयले अनुसन्धान नसकिएकोले थुनामा राखिदिन आग्रह गरेपछि उनी हिरासतमै थिए ।
हिरासतमा रहेका चौधरी एक्कासि बेहोस भएपछि प्रहरीले उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो । चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।