कैलालीमा कुखुरा फार्ममा आगलागी हुँदा १३ लाख बढीको क्षति

२८ जेठ , धनगढीः धनगढीमा दुईओटा  कुखुरा फार्ममा आगलागी हुँदा १३ लाख बढीको क्षति भएको छ। धनगढी उप–महानगरपालिका–१२ स्थित जुगेडा ‘डी’ गाउँका स्थानीय किसान गगन खत्रीको कुुखुरा फार्ममा साेमबार दिउँसो आगलागी भएको थियाे ।

१२ सय र २ हजार कुखुरा अट्ने क्षमताका दुईवटा कुखुरा फार्ममा आगो लाग्दा  सबै सामानहरु जलेर नष्ट भएको सञ्चालक गगन खत्रीले बताएका छन् । उनका अनुसार कुखुरा भने आज आउनेवाला थियो तर आईनपुगेकाले बचेकाे बताए । तर  भित्र राखेका पम्पहरु, फ्यानहरु, औषधी, भाँडाकुँडा लगायत सबै सामानहरु जलेर नष्ट भएका छन् ।

दुई वटा कुखुराका फार्म, खोर तथा भित्र राखेका सामानसहित अनुमानित १३ लाख बराबरको क्षति भएको फार्मका सञ्चालक खत्रीले बताए।  प्रहरी, स्थानीय तथा नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिएको छ। आगलागीको कारण नखुलेको र प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

तपाईको प्रतिक्रिया