कैलालीमा एक युवती मृत भेटिइन्

५ साउन, धनगढी : कैलालीमा एक युवती मृत अवस्थामा भेटिएकी छन ।

जिल्लाको गौरीगंगा नगरपालिका–६ वनबेहडाकामा १८ वर्षीया अञ्जली चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी विहिबार ७ बजे आफ्नै घरको कोठाभित्र मृत अवस्थामा भेटिएकी हुन् ।
तर मृत्युको कारण भने खुल्न सकेको छैन् । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया