कैलालीबाट ११ लाख मूल्य बराबरको अबैध सामान बरामद

धनगढी, मंसिर २३ । कैलालीका दुई स्थानबाट प्रहरीले ११ लाख मूल्य बराबरको अबैध सामान बरामद गरेको छ।

कैलालीको धनगढी र गोदावरीबाट अबै सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उनका अनुसार धनगढीस्थित ट्राफिक चौराह, संचयकोष कार्यालय नजिक र बोराडाडीबाट १० लाख ५३ हजार ८०९ मूल्यको सामान बरामद गरिएको छ।

यी स्थानबाट विभिन्न कम्पनीका मोबाइलका कभर, किरानाका सामान र मोजाहरु बरामद गरिएको सह–प्रवक्ता खड्काले बताए।

यस्तै गोदावरी नगरपालिका–९ वालुवाटारबाट ३८ हजार मूल्य बराबरको सामान बरामद गरिएको छ। यहाँबाट स्पिकर, पम्पको वासर र किराना सामान नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएको सामान भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

तपाईको प्रतिक्रिया