कैलालीबाट साढे ६ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद

धनगढी, कार्तिक २९ । कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।

प्रहरीले बुधबार धनगढी उपमहानगरपालिका १ एलएन चोक, वडा नम्बर २ रामजानकी मन्दी नजिक, वडा नम्बर ३ चटकपुर, भजनी ३ तिरनिमा वडा नम्बर ७ कुटी र वडा नम्बर काँडा ढिकबाट ६ लाख ४४ हजार दुई सय मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले आलु, हरियो खुर्सानी, बदाम, एलइडी टिभी, कोट, पाइन्ट कपडा, लेहिंगा, सुटपिस, पाइन्ट, माछा, सिद्रा माछा, कस्मेटिक लगायतका सामानहरु बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया