कैलालीको लम्कीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

धनगढी, कार्तिक २३ । कैलालीको लम्कीचुहाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

लम्कीचुहा नगरपालिका १ तिल्केनीबाट २१ वर्षीय टंक बोहरा र २२ वर्षीय पदम न्यौपानेलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट २ ग्राम १ सय ७० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

पदमको घरमा लुकाप्रई छिपाई राखेको उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया