धनगढी, मंसिर १० । इलाका प्रहरी कार्यालय मालाखेतीले लागुऔषधसहित ६ जना युवकलाई पक्राउ गरेको छ।
मालाखेती प्रहरी र मातहत प्रहरी युनिटबाट खटिएको टोलीले एक महिनाको अवधिमा लागुऔषधसहित ६ जना युवकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले गौरीगंगा नगरपालिका–४ राजिपुरबाट गौरीगंगा–४ का १८ ग्राम ७९० मिलिग्राम लागूऔषधसहित १८ वर्षीय मानबहादुर साउँद,
गोदावरी नगरपालिका–१ अत्तरियाबाट ६० मिलिग्राम लागूऔषधसहित गोदावरी–४ का २८ वर्षीय लोकेन्द्र बोगटी, गोदावरी नगरपालिका–१ अत्तरियाबाटै १ ग्राम २३० मिलिग्राम लागूऔषधसहित चुरे गाउँपालिका–३ का २१ वर्षीय निराजन शाह पक्राउ परेका छन्।
यस्तै चुरे गाउँपालिका–३ बाट २ ग्राम ७९० मिलिग्राम लागूऔषधसहित डोटीको जोरायल गाउँपालिका–२ का २४ वर्षीय गोबिन्द बिष्ट र २४ वर्षीय दिपक बिष्ट, गोदावरी नगरपालिका–८ फकलपुरबाट १ ग्राम ५० मिलिग्राम लागूऔषधसहित निर्मल चौधरी पक्राउ परेका छन् ।
यसैगरी गोदावरी नगरपालिका–४ खैराना सामुदायिक वनबाट गोदावरी नगरपालिका–७ का २३ वर्षीय जगत कठायत १२० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन् ।