कैलालीको धनगढीमा डुब्का थकाली रेष्टुरेन्ट सञ्चालनमा

१३ असाेज,धनगढी: धनगढी उपमहानगरपालिका– ४ उत्तरवेहडीमा ‘डुब्का थकाली’ रेष्टुरेण्ट सञ्चालनमा आएको हो। सुदूर पहाडी जिल्लामा पाक्ने विशेष परिकार डुब्का र काठमाडौंको थकाली खानालाई प्राथमिकता राखेर यस प्रकारको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ।सुदूरपश्चिमको आफनो पहिचानलाई देखाउन ‘डुब्का’ लाई विशेषता दिएको सञ्चालक अमिर खडकाले बताउनु भयाे ।

डुब्कासँगै मासुका परिकारसँग खाना, नाष्ता लगायतका अन्य परिकारहरु पनि होटलमा पाइने उनले बताए। झण्डै डेढ करोड बढी लगानीमा सञ्चालनमा आएको सो रेष्टुरेण्टमा सभाहलको पनि व्यवस्था छ। रेष्टुरेन्टमा २० जनाले रोजगारी समेत पाएका छन्।

तपाईको प्रतिक्रिया