कैलालीको चौमाला नजिकै ह्वीङ्गर र टिपर ठोकिए

२३ साउन, धनगढी  :  कैलालीको चौमाला नजिकै दुर्घटना भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित गोप्कामा दुर्घटना भएको हो ।

पूर्व–पश्चिम राजमार्गको गोप्कामा कञ्चनपुर बेलौरीका ३९ वर्षीय सोकन रानाले चलाएको भे १ ज १३२१ नम्बरको ह्वीङ्गर र चुरे गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय तेजबहादुर बुढाथोकीले चलाएको से १ क ६२६ नम्बरको टिपर आपसमा ठोकिएदा नौ जना घाइते भएका छन ।

चालकहरुलाई इलाका प्रहरी कार्यालय, चौमालाले नियन्त्रणमा लिएको छ । भने घाइते भएका नौ जनाको बडिमालीका पोलिक्लिनिक चौमालामा उपचार हुँदैछ ।

तपाईको प्रतिक्रिया