कैलालीको गोदावरीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

१८ जेठ, धनगढी  :  कैलालीमा मोटरसइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ तेधरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ईशारादेवी धामीको मृत्यु भएको हो । उनी धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँकी हुन ।

बुधवार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धामीलाई ठक्कर दिने से ४ प २५६२ नम्बरको मोटरसाइकल र चालक चुरे गाउँपालिका वडा नम्बर ३ का ठक्करबहादुर लामामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया