कैलालीको गेटामा स्कारपियो दुर्घटना हुदाँ एक जनाको मृत्यु , ५ जना घाइते

९ बैशाख , धनगढी : कैलालीको गेटामा स्कारपियो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ , भने ५ जना घाईते भएका छन ।

गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–११ बेलाका ७० वर्षिय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । स्कारपियोमा सवार अन्य ५ जना घाईते भएका छन ।

घाईतेहरु दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी उपमहानगरपालिका–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय बसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनु खाण चन्द रहेको प्रहरीले जनाएको छ । घाईते सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया