कैलालीको गेटामा अस्पताल सञ्चालन गर्न स्वीकृत

२८ असार, धनगढी  : कैलालीको गेटामा सय शय्याको अस्पताल सञ्चालन गर्न स्वीकृत दिइएको छ । संघीय मन्त्रिपरिषद्ले १४१ जनाको दरबन्दीमार्फत न्यूनतम सुविधासहितको अस्पताल सञ्चालन गर्न स्वीकृती गरेको हो ।

अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले अनुसार न्यूनतम सेवासहितको अस्पताल सञ्चालनका लागि २०८० असार १९ गतेको मन्त्रिपरिषद्ले अस्पतालका लागि आवश्यक दरबन्दीको स्वीकृत दिएको बताए । ‘मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। मन्त्रिपरिषदको निर्णय सार्वजनिक भएको छैन। स्वास्थ्य संस्था सञ्चालनको मापदण्ड अनुसार स्वीकृत भएको छ। न्यूनतम सेवाका साथ अस्पताल सञ्चालन गर्ने भनिएको छ । मन्त्रालयले बाडफाड गरेर दुई हप्तामा कगजपत्रहरु पठाउछ ।’उनले भने,

एक सय शय्याको अस्पताल सञ्चालनका लागि १४१ को दरबन्दी स्वीकृत गरिएको छ । प्राविधिक र प्रशासन, प्राविधिक तथा चिकित्सकहरु अस्पताल सञ्चालनका लागि आवश्यक कर्मचारीको दरबन्दी स्वीकृत भएसँगै अस्पताल सञ्चालनमा आउने भएको छ । जोशीका अनुसार प्राविधिक तथा प्रशासन सरसफाइ कर्मचारीहरु अस्पताल सञ्चालनका लागि आवश्यक हुने बताएकाछन ।
उनले भने, ‘कर्मचारी भनेको अस्पतालका लागि हो। अस्पताल सञ्चालनको स्वीकृत पाएका छौ। न्यूनतम सेवा भनिएको छ । न्यूनतम सेवामा आकस्मिक सेवा हुँदैन । ओपिडी सेवाहरु हुन्छन । विज्ञहरुको सुझावको आधारमा न्यूनतम सेवासहितको अस्पताल सञ्चालन गर्छौ । दुई हप्तामा कागजी पक्रिया पूरा हुन्छ । कर्मचारी ल्याउने काम अब सुरु हुन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट फाइल सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा तेस्रो पटक पुगेर स्वीकृत भएको हो । संघीय मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा स्वास्थ्य मन्त्रालयले एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भएको हो ।

गेटामा अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले उपकरणसमेत पठाएको छ । जोशीका अनुसार सय शय्याको अस्पताल सञ्चालनका लागि शय्या, प्रयोगशालाका सामान र अल्ट्रासाउण्डका उपकरणहरु गेटा पुगेका छन ्। प्रयोगशालाका उपकरण र एक्सरे मेसिन भने आउन बाँकी छन्। १०० शय्याको अस्पतालका लागि आवश्यक उपकरणहरु आउने जोशीको दाबी छ । अस्पताल सञ्चालनका लागि पानीको व्यवस्थापनको काम पूर्वाधार विकास समितिले गरिरहेको छ । उपकरण र जनशक्तिको काम पूराभए सगैँ चाँडै अस्पताल सञ्चालनमा आउने जोशीले बताए ।

गेटामा संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ५ अर्ब बढीका भौतिक संरचनाहरु निर्माण गरेको छ ।

तपाईको प्रतिक्रिया