धनगढी, मंसिर २३ । कैलालीमा खैरो हेरोइनसहित सात जना युवक पक्राउ परेका छन्।
लागुऔषध ब्युरो धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोली जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले धनगढी उपमहानगरपालिका–४ भाटभटेनी नजिकबाट २७ वर्षीय महेश भट्टलाई २ ग्राम ४७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ।
यस्तै धनगढी उपमहानगरपालिका–१२ बाट पट्टीघाटका १८ वर्षीय राजेश राना, सोही स्थानका २५ वर्षीय राम गोपाल रानालाई १ ग्राम ३४० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ।
यस्तै जानकी गाउपालिका–९ खैरीफाँटाका १९ वर्षीय सचिन रावललाई ३ ग्राम ९८० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ।
यसैगरी धनगढी उपमहानगरपालिका–४ यातायात कार्यालय नजिकबाट ५१० मिलिग्राम लागुऔषधसहित सोही स्थानका २८ वर्षीय गोपाल रामजाली मगर, धनगढी–८ संगम टोलका २८ वर्षीइ सुरेश चौधरी १ ग्राम ५९० मिलिग्रामसहित पक्राउ परेका छन् ।
यस्तै धनगढी–१ का २८ वर्षीय मनिष चौधरी १ ग्राम ८४० मिलिग्राम लागुऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।