कैलालीका नदीमा देखिन थाले डल्फिन

३ साउन, कैलाली  :  कैलालीका नदीमा वहाव बढेसँगै डल्फिन देखिन थालेका छन ।

कैलाली जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा रहेका नदीहरुमा पाईने विश्वमै दुर्लभ डल्फिन यस वर्ष पनि देखिन थालेको हुन । कैलालीको टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाको संगमस्थल पथरैया, काँडा र मोहना नदीको त्रिवेणीमा पाइने गर्दछ ।

बर्षात भएसगैँ असार, साउन, भदौ र असोज डल्फिन देखा पर्दछन । डल्फिन मोहना, पथरैया, कान्द्रा, काँढालगायतका सहायक नदीमा भने मनसुन अवधिभरि ४ महिना मात्रै बस्ने गर्छन ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीमा राखेको २६ स्तनधारी जन्तुमध्ये डल्फिन पनी एक हो ।

तपाईको प्रतिक्रिया