कैलालीका तीन स्थानबाट खैरो हेरोइनसहित पाँच जना पक्राउ

काठमाडौं, मंसिर १३ । कैलालीका विभिन्न तीन स्थानबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिगएको प्रहरी टोलीले जानकी गाउँपालिका–७ बस्ने वर्ष १९ को शंकर चौधरी र टिकापुर नगरपालिका–३ रामपुर स्थित सडक छेउबाट खैरो हेरोइनसहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट १ ग्राम ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही लागि ईलाका प्रहरी कार्यालय टिकापुरको जिम्मा लगाएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका वडा नं. ९ बाट शंकास्पद रुपमा हिडिरहेको अवस्थामा सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने अन्दाजी २० वर्षीय विवेक चौधरीलाई पक्राउ गरेको छ ।

प्रहरीले चेकजाँच गर्दा उनको साथबाट ३६० मिलिग्राम लागु खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरि थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय मालाखेतीको जिम्मा लगाएको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका वडा नं. ३ मोरीयाघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका टिकापुर नगरपालिका वडा नं. ३ शंकरपुर बस्ने वर्ष २१ को किसन बिक र सोही ठाउँ बस्ने वर्ष २९ का लक्ष्मीप्रसाद चौलागाईलाई पक्राउ गरेको छ ।

प्रहरीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट १४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ । उनीहरु दुबै जनालाई ईलाका प्रहरी कार्यालय भजनीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया