कैलालीकाे बेहडाबाबा तालमा मोटरबाेट सञ्चालन

१ जेठ ,धनगढी : कैलालीको बेहडाबाबा तालमा मोटरबोट सञ्चालनमा आएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को बेहडाबाबा मन्दिरको महादेवा तालमा साेमबार देखि
नेपाल बोट एण्ड अम्युज्मन्ट् प्रालि बोट सञ्चालनमा ल्याएको हो ।

आन्तरिक पर्यटन विकासका लागि भन्दै सो तालमा कम्पनीले ६ बोट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सुदुरपश्चिम प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले तालमा माेटरबाेट सञ्चालनकाे उद्घाटन गरेका हुन ।


धनगढी उपमहानगरपालिका वडा नम्बर १६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर व्यवस्थापन समिति सगँ नेपाल बाेट एण्ड अम्युज्मन्टले बाेट सञ्चालनका लागि तीन वर्षे सम्झौता गरेकाे तथा साे बाेट सञ्चालनमा आउँदा यश क्षेत्रमा पर्यटकको संख्या बढ्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए ।

’कम्पनीसँग मोटरबोट सञ्चालनका लागि तीन वर्षे सम्झौता भएको छ,’ उनले भने, ’तालमा बोट सञ्चालन भएपछि पर्यटकको संख्या बढ्ने हामीले अनुमान गरेका छौँ।’

तपाईको प्रतिक्रिया