केएमसीमा गजल प्रतियोगिता आयोजनाः हर्क जोशी प्रथम

१३ असोज,धनगढीः विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसद्धारा आयोजित गजल प्रतियोगिता शनिवार सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा ३२ जना साहित्यिक विद्यार्थीहरुले भाग लिएका थिए ।
कार्यक्रम कैलाली बहुमुखी क्याम्पसको कन्फरेन्स हलमा आयोजना गरिएको हो। उक्त गजल प्रतियोगितामा हर्क जोशी प्रथम हुनु भयो । द्धितीय स्थान मनोज मनसुन ठकुरी, तृतीय धिरेन्द्र बोहराले प्राप्त गर्नु भयो । सान्त्वना दिव्या पन्त, महेश्वर पाण्डेय र नविन बम ठकुरी हुनु भएको थियो ।
प्रथम पुरस्कार २१ सय ११ नगद सहित प्रमाण पत्र, द्धितीय १५ सय ५५, तृतीय ११ सय ११ नगद सहित प्रमाण पत्र र सान्त्वना पुरस्कार साहित्यक कृती दिइएको थियो । प्रथम,द्धितीय र तृतीय हुनेलाई समर्पण पुस्तक पसलले माटो नामक गजल संग्रह कृती प्रदान गरेको थियो , अन्य पुरस्कारको व्यवस्था भने प्रतिष्ठानबाटै गरिएको थियो ।
आगमी दिनमा पनि कैलाली बहुमुखी क्याम्पसमा भएका साहित्यक प्रतिभाहरुको उजागर गर्ने गरी यस्ता कार्यक्रमहरुको आयोजना जारी राख्ने विद्यार्थी साहित्य प्रतिष्ठानका अध्यक्ष सन्तोष पन्तले बताउनु भयो । उक्त कार्यक्रमको निर्णायक मण्डलमा कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक गणेश राज जोशी, गजलकार तारा पल्वी, र गजलकार डिल्ली राज जोशी सर्मपण रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया