१२ भदौ ,धनगढी : डोटी जिल्ला अदालतबाट कुटपिट गाली बेहजती मुद्दामा २ बर्ष कैद तथा दुई लाख तिस हजार जरीवाना भएका फरार प्रतिवादि पक्राउ परेका छन ।
फरार रहेका प्रतिवादि डोटी जिल्ला, जोरायल गाँउपालिका वडा नं २ बस्ने बिरेन्द्र बहादुर ऐरको खोजतलासका गर्दै जाने क्रममा उनलाई भदौ ६ गते साँझको समयमा ईलाका प्रहरी कार्यालय बुडर, डोटीबाट खटिएकाे प्रहरी टोलीले जोरायल गाउँपालिका वडा न २ बुडर बजारबाट पक्राउ गरेकाे हाे ।
पक्राउ गरी १० गते डोटी जिल्ला अदालतमा पेश गरि अदालतले कारागार कार्यालय डोटीमा चलान गरिएकाे जिल्ला प्रहरी कार्यालय डाेटिका प्रहरी निरिक्षक राजेन्द्र बहादुर चन्दले जानकारी गराए ।