काठमाडौंमा अझै सकिएन रवि लामिछानेको बयान, कहिलेसम्म चल्छ ?

काठमाडौं, मंसिर १६ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेर बयानका लागि काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज पनि सकिएन ।

शुक्रवारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो । तर बयान अझै नसकिएकाले भोलि पनि लिइने भएको छ ।

बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा सोमवारसम्म काठमाडौंमा नै रहने भएका छन् । बयान सकिएपछि सम्भवतः भोलि पोखरा फर्काइने छ ।

लामिछानेले आज उनले झन्डै पाँच घण्टा लामो बयान दिएका छन् । शुक्रबार उनले ६ घण्टा बढी लामो समय बयान दिएका थिए ।

तपाईको प्रतिक्रिया