काठमाडौँ, कात्तिक ३० । हाल देशभर पश्चिमी तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ भने केही भागमा बाक्लो हुस्सु लागेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
त्यसैगरी राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।