कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, मंसिर २८ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा देशभर आंशिक बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ ।

आज (शुक्रबार) दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ भने राति मौसम सफा रहने छ ।

 

तपाईको प्रतिक्रिया