४असार, हुम्ला : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट सोमवार बिहान जीप कर्णाली नदीमा खसेको छ ।
हुम्लाको सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २ २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले जानकारी दिए ।
जीपमा चालकसहित १३ यात्रु सवार थिए । जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन । उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।
हुम्लाको च्याछरा भिरमा उकालो चढ्दै गरेको जीप भिरबाट कर्णाली नदीमा खसेको हो ।उक्त दुर्घटनामा चालक हाम फालेर बच्न सफल भएको तर उनी सख्त घाइते भएको प्रहरीले जनाएको छ ।
उकालोमा जीपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएका कारण अन्य मानवीय क्षति नभएको प्रहरी नायव उपरिक्षक भट्टराईले बताए । –रासस