कपडा गोदाममा आगलागी हुँदा ८० लाखको क्षति, तीन जना घाइते

धनगढी, मंसिर १९ । कैलालीमा कपडाको गोदाममा आगलागी हुँदा ८० लाखको क्षति भएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनियाको द्वारिकाप्रसाद धमालाको घरमा रहेको कपडाको गोदाममा आगलागी हुँदा गोदाम भित्र रहेको कपडा तथा इलेक्ट्रिक लगायतका सामान जलेगको हो ।

आगलागीबाट अन्दाजी मुल्य ८० लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ।

उक्त आगलागीबाट घरधनी ८२ वर्षीय मुक्तिप्रसाद धमला धुँवाले निसास्सिएर घाइते भएका छन् ।

यस्तै आगलागी नियन्त्रण लिने क्रममा सोही ठाउँ बस्ने ३९ वर्षीय टेकराज जोशी र प्रहरी जवान टंकध्वज मगर घाइते भएका छन्।

घाइतेहरुको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ। आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रण लिइएको थियो ।

तपाईको प्रतिक्रिया