११ असार, कन्चरपुर : कन्चनपुरमा १७ वर्षीया किशोरी मृत फेला परेकी छिन ।
जिल्लाको बेदकोट नगरपालिका वडा न ९ सुन्दरपुर घर भएकी १७ वर्षीया रितु राना आफ्नै घरमा मृत अवस्थामा फेला परेकी कन्चनपुर प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।
उनका अनुसार मृत किशोरी आज विहान घरको आफ्नै सुत्ने कोठामा सलको पासो लगाई झुण्डीएको अवस्थामा भेटिएकी थिईन । भने मृतकको महाकाली अस्पतालमा पोष्टमाटम गरि सव परिवारले बुझिसकेको छ ।
घटना बारे थप अनुसन्धान भईरहेको कन्चनपुर प्रहरी कार्यालयले जनाएको छ ।