कञ्चनपुर प्रशासनले सार्वजनिक विदामा पनि सरकारी सेवा प्रवाह गर्ने

१७ बैशाख, महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक विदाको दिनमा पनि सरकारी सेवा प्रवाह गर्ने भएको छ ।
२०८० सालको हरेक सार्बजनिक विदाका दिन पनि नागरिकसँग जोडिएका केही सिमित सेवा प्रदान गरिने गृह मन्त्रालयकै निर्णय बमोजिक यस्तो सेवा दिइने भएको हो ।

नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने काम सार्बजनिक विदाका दिनमा पनि गरिने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस सूचनासहित

तपाईको प्रतिक्रिया