कञ्चनपुर, मंसिर ३ । कञ्चनपुरको लालझाडीमा हात्तीले स्थानीयको घर भत्काएको छ।
आइतबार राति लालझाडी गाउँपालिका–४ खल्लाजाईका हरिलाल टमाटा, शारदा टमाटा र ठग्गी कडाराको घर हात्तीले भत्काएको हो।
आइतबार राति हात्तीले कच्ची घर भत्काएर अन्न समेत नष्ट गरेको लालझाडी हात्तीपीडित संघर्ष समितिका अध्यक्ष दर्शन रानाले बताए ।