कञ्चनपुर, मंसिर ३ । कञ्चनपुरमा स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–९ शान्ति टोलमा आइतबार युके बिई ९३८२ नम्बरको स्कुटर दुर्घटना हुँदा घाइते भएका चालक देव नाथको उपचारको क्रममा मृत्यु भएको हो ।
चालक नाथको भारतमा उपचारको क्रममा सोमवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही क्रममा स्कुटरको ठक्करबाट घाइते भएकी ५४ वर्षीया दुर्गादेबी बास्तालाको दोधारा अस्पतालमा उपचार भइरहेको छ ।