कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुदाँ एकजनाको मृत्यु

१८ बैशाख, धनगढी : कञ्चनपुरमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्कीदा एकजनाको मृत्यु भएको हो ।

आइतबार कृष्णपुरको वनदेवी मन्दिर नजिकै सुदूरपश्चिम प्रदेश ०२००४प १८४६ नम्बरको मोटरसाइकल डिजेल सकिएर रोकिराखेको से १ त २८२९ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक वेदकोट नगरपालिका–१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको सुदूरपश्मि प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । बडुवालको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा आइतबार बेलुकी ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडी सवार कृष्णपुरकी २० वर्षीया गरीमा महता घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया