कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर श्रीमान श्रीमती घाइते भएका छन्।
जिल्लाको बेलडाँडीबाट महेन्द्रनगर जाने क्रममा बेलडाँडी–दैजी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा हुँदा मानवहादुर चन्द र उनकी पत्नी निलम भट्ट घाइते भएका छन्।
चन्द नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष हुन भने भट्ट स्वास्थ्यकर्मी हुन्। दुबै जनाको अहिले उपचार भइरहेको छ। दुबै जनाको हात र खुट्टमा चोट लागेको छ। दुबै जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।