कञ्चनपुरमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद हुदाँ बिटमा तोडफोड

३ जेठ, कञ्चनपुर : कञ्चनपुरमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद भएको छ ।

मंगलवार साँझ प्रहरीले समान जाँच गर्दा भीमदत्त नगरपालिका–५ स्थित सुकासालमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद भएको हो ।

भारतीय सीमावर्ती शहर वनबासाबाट दुइपाङ्ग्रे साधनमा मालसामान क्यारिङ्ग गर्दै आएका उनीहरु आक्रोशित भएर सुकासालस्थित प्रहरी बिटमा तोडफोड समेत गरेका छन ।

प्रहरीले चेकजाँचका नाममा अनावश्यक दुःख दिएको उनीहरूको आरोप छ । झडपमा दुवै पक्षका केही व्यक्ति घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

तोडफोडमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन् ।

तपाईको प्रतिक्रिया