कञ्चनपुर, मंसिर ३० । कञ्चनपुरमा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ।
जिल्लाको लालझाडी गाउँपालिका–५ महावीर खल्लामा से १ त ३३७९ नम्बरको ट्याक्टर पल्टिँदा चालकसमेत रहेका सोही ठाउँका विमल रानाको मृत्यु भएको हो।
प्रहरीका अनुसार ट्याक्टरमा सवार रहेका तारा सिंह भने सकुशल रहेका छन्। ट्याक्टर दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।