कञ्चनपुरमा चित्तलको बच्चा मृत अवस्थामा फेला

२० बैशाख, धनगढी : कञ्चनपुरमा चित्तलको बच्चा मृत अवस्थामा फेला परेको छ ।

बेलौरी नगरपालिका-१ फटैया स्थित श्याम रानाको खेतमा अन्दाजी १०/११ के.जी.को चितलको बच्चा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

मृत फेला परेको चित्तलको बच्चालाई बुधबार ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले सव डिभिजन वन कार्यालय पचगडीयाको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया