१० जेठ, महेन्द्रनगर : कञ्चनपुरमा मंगलबार राति आएको हावाहुरीबाट भीमदत्त नगरपालिका–१८ सालघारीका दुई जना घाइते भएका छन ।
सालको रुख टिनले छाएको घरमा पर्दा सालघारीका गणेश चौधरी र हेलो चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।
घाइते गणेश चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको र हेलो चौधरीको महेन्द्रनगरस्थित महाकाली अस्तालमा उपचार भइरहेको उनले बताए ।
डीएसपी प्रकाश डाँगीका अनुसार हावाहुरीका कारण भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेकोे जानकारी दिए ।
धेरै ठाउँमा भौतिक संरचनामा क्षति पु¥याएको छ, यकिन विवरण आएको छैन, संकलन गर्दै छौँ’, उनले भने, ‘घरका जस्ता उडाएको, रूख घरमा खसेका छन्, मानवीय क्षति अहिलेसम्म केही छैन ।’
हावाहुरीले मङ्गलवार राती विद्युत सेवा समेत अवरुद्ध भएको थियो ।