कञ्चनपुरमा गँहु चुट्ने थ्रेसरमा च्यापिएर एक महिलाको मृत्युु

२ बैशाख, कञ्चनपुर : कञ्चनपुरमा गहुँ चुट्ने थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु भएको छ।

साेमबार जिल्लाको भीमदत्त नगरपालिका–९ की ४२ वर्षीया कौशादेवि जोशीको थ्रेसरमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनकाे गहुँ चुट्नेबेला थ्रेसरमा च्यापिएर घटना स्थलमै मृत्यु भएको हाे ।

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया