१३ असार, कञ्चनपुर : कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बुधवार बिहान जिल्लाको शुक्लाफाटा नगरपालिका–१ बन्साहका ४४ वर्षीय अमर बिष्टको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरमा भएको मोटरको प्लगको तार जोड्ने क्रममा करेन्ट लागेर उनी घाईते भएका थिए। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।