कञ्चनपुरमा एक पुरुषको शव फेला

१९ साउन, कञ्चनपुर : कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–२ को बाणीमा रहेको बन्द नदीको बगरमा विहिबार ३५ वर्षीय कुबेर दमाई (हले ) को शव फेला परेको हो।

शव नदी किनारामा माटोमा केही भाग पुरीएको अवस्थामा फेला परेको थियो।

दमाई विगत चार दिनदेखि बेपत्ता थिए। यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

तपाईको प्रतिक्रिया