कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला

१९ असार, कञ्चनपुर  :  कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन ।

जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ३ अवस्थित अनमोल होटेल नजिक बेदकोट–१ चम्फापुरका ३७ वर्षीय लक्ष्मण भट्ट सोमवार साँझ मृत अवस्थामा फेला परेका हुन् ।

उनी पानीको खाल्डोमा डुबीरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया