कञ्चनपुरमा आगलागीबाट धनमाल नष्ट

१५ साउन, कञ्चनपुर : कञ्चनपुरको एक घरमा आगलागी भएको छ । कृष्णपुर नगरपालिका–२ सत्याल फाँटामा नारायणदत्त भट्टको टिनले छाएको दुई तले ईट्टाको घरमा आइतबार दिउँसो विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद दुई हजार रुपैयाँ गरेर अन्दाजी ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया